कृषि विकास बैंक नगराइन शाखामा क्यूआर कोड सुरु
काठमाडौं ।
अहिलेको कोरोना महामारीको समयमा आफ्ना ग्राहकलाई क्यासलेस बैंकिङ सेवा दिनको लागि कृषि विकास बैंले क्यूआर कोड सुरु गरेको छ । धनुषा जिल्लाको केही शाखामा मात्र सञ्चालनमा रहेको यो सेवा आइतबारबाट जिल्लाको नगराइन शाखामा पनि सुरु भएको छ ।
कृषि विकास बैंक प्रदेश कार्यालय जनकपुरका प्रमुख राजेश श्रीवास्तवले बैंकका एक दर्जनभन्दा बढी व्यवसायी ग्राहकहरूलाई क्यूआर कोड प्रदान गरेका छन् । सो कोडको प्रयोगले व्यवसायीहरूले आफ्ना व्यवसायका क्रममा क्यासलेस कारोबार गर्न मदत मिल्नुका साथै सुरक्षाको दृष्टिकोणले पनि सजिलो हुनेभएको छ ।
बैकका प्रदेश नं. २ प्रमुख श्रीवास्तबले कोरोना महामारीको बेलामा नगदको लेनदेन जोखिम भएकाले अहिलेको अवस्थामा क्यूआर कोडले क्यासलेस कारोबारमा सहयोग गर्ने बताए । उनले कुनै पनि बैंकको मोबाइल बैंकिङ सेवा लिएर नगदविहीन कारोबार गर्न सकिने बताए । साथै उनले व्यवसायीहरूलाई आफ्ना पसलमा आउने ग्रहकसँग पनि मोबाइल एप्सको माध्यमले क्यासलेस कारोबार गर्न आग्रह गरे ।
साथै उनले दशैँमा पनि बंैकले किसान कार्ड वितरण गर्ने जानकारी दिँदै सो कार्डको प्रयोग गरी बैंकको एप्सबाट किसानले मलबीउ खरिद गर्न समेत सक्ने बताए । बैंकले साना किसानहरूलाई समूहमा दर्ता गराएर एक लाखसम्मको ऋण सहुलियतमा दिने पनि बताए । किसानलाई चार प्रतिशतको ब्याजदरमा बैंकले कृषिसम्बन्धी काम गर्ने ऋण प्रवाह समेत गर्ने उनको भनाइ थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया