Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारओर्लियो सेयर बजार

ओर्लियो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन १४ अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार तीन दशमलव ६३ अंकले ओरालो लागेर १५ सय ८२ दशमलव १२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन शून्य दशमलव ११ अंकले उकालो लागेर तीन सय १२ दशमलव ४६ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९३ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार ३९ हजार पाँच सय ८७ पटकको कारोबारमा ९५ लाख १८ हजार सात सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार पाँचवटा समूहको सूचक उकालो लाग्दा सातवटा समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ८९ अंकले ओरालो लागेर १२ सय ७० दशमलव १५ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय १५ दशमलव १८ अंकले ओरालो लागेर सात हजार नौ सय ५२ दशमलव ९३ अंंकमा झरेको छ ।

यसैगरी लघुुवित्त समूहको सूचक पनि १० दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार पाँच सय ५० दशमलव ८० अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ८१ दशमलव ३४ अंकले ओरालो लागेर नौ हजार छ सय दुई दशमलव ८२ अंंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ, फाइनान्स र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः सात दशमलव १५, चार दशमलव ३१ र ५३ दशमलव ३३ अंकले ओरालो लागेका छन् । होटल समूहको सूचक भने यसदिन चार दशमलव १५ अंंकले उकालो लागेर १७ सय ६५ दशमलव १८ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि २४ दशमलव ४९ अंकले उकालो लागेर १९ सय ९४ दशमलव ८७ अंकमा चढेको छ । यसैगरी जलविद्युत् समूहको सूचक पनि २७ दशमलव ३९ अंकले उकालो लागेर १३ सय चार दशमलव ५० अंकमा चढेकोमा अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक दशमलव २६ र शून्य दशमलव शून्य नौ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कामना सेवा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर दुुई सय २० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर एक सय ८७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, लुुम्बिनी विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सात दशमलव १९ प्रतिशतले घटेर एक सय २९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको उन्नति सहकार्य लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य चार प्रतिशतले घटेर ११ सय २८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक शिवम् सिमेन्ट, सपोर्ट माइक्रो फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ८७ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ९१ लाख चार सय ६३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको दुुई सय ४९ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ७३ लाख ६३ हजार पाँच सय सात रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक कुुमारी बैंक, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया