Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको विशेष साधारणसभा सम्पन्न

नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न


काठमाडौं ।
नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकको सोममबार प्रधान कार्यालय, धर्मपथ, काठमाडौँंबाट र भिडियो कन्फ्रेन्स÷बेबिनारमार्फत भएको विशेष सभाले सञ्चालक समिति घटाउने प्रस्ताव पारित गरेको छ । बैंकका अनुसार सभाले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बन्धी साबिकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चार जना सञ्चालकबाट घटाई तीन जना र सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने दुई जना सञ्चालकबाट वृद्धि गरी तीन जना कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुनेगरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन/थपघट गर्ने प्रस्ताव सभाले पारित गरेको छ । बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोहीबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया