Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग

सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग


काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख ७९ हजार ५० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लिखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्नेछ । देशका विभिन्न जिल्लामा महिला बेचबिखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुँदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले पु-याएको सहयोगबाट महिला विद्यार्थीहरूको शिक्षामा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने बैंकले जानकारी दिएको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुई अर्ब नौ करोड २७ लाख ७० हजार सात सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब २५ करोड ७६ लाख ८८ हजार तीन सय २३ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजरा एक सय ४२ रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार पाँच सय ४३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब ४४ करोड ८० लाख ८९ हजार सात सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा पाँच अर्ब ५८ करोड ७९ लाख नौ हजार आठ सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५६ प्रतिशत रहेको छ । यसअवधिमा स्प्रेड दर चार दशमलव ३३ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार सात सय ७५ रुपैयाँ मात्र रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब १४ अर्ब ९२ करोड ३३ लाख ६७ हजार पाँच सय ३४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ८७ करोड ६२ लाख ९९ हजार नौ सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ६६ करोड ७३ लाख २७ हजार सात सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया