Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार चार अंकले उकालो लाग्यो

सेयर बजार चार अंकले उकालो लाग्यो


काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन ओरालो लागेको सेयर बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार चार दशमलव १७ अंकले उकालो लागेर १५ सय ८६ दशमलव २९ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७६ अंकले उकालो लागेर तीन सय १३ दशमलव २२ अंकमा पुुगेको छ । यसदिन कुुल एक सय ९५ कम्पनीहरूको कारोबार भएका छन् ।

जसअनुुसार ३९ हजार दुुई सय ३६ पटकको कारोबारमा ९९ लाख ४९ हजार तीन सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुुई अर्ब ५१ करोड पाँच लाख ८५ हजार तीन सय ३२ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार छवटा समूहको सूचक उकालो लागेर छवटा समूहको सूचक ओरालो लागेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ४६ अंकले ओरालो लागेर १२ सय ६९ दशमलव ६९ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक ५७ दशमलव दुुई अंकले ओरालो लागेर सात हजार आठ सय ९५ दशमलव ९० अंकमा झरेको छ । लघुुवित्त समूहको सूचक पनि नौ दशमलव २९ अंकले ओरालो लागेर २५ सय ४० दशमलव ७९ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि २५ दशमलव ७९ अंकले ओरालो लागेर नौ हजार पाँच सय ७७ दशमलव दुुई अंकमा झरेको छ । होटल र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव १५ र शून्य दशमलव शून्य दुई अंकले ओरालो लागेका छन् ।

विकास बैंक समूहको सूचक पनि सात दशमलव नौ अंकले उकालो लागेर दुुई हजार एक दशमलव ९५ अंकमा चढेको छ जलविद्युुत् समूहको सूचक पनि ६६ दशमलव ८५ अंकले उकालो लागेर १३ सय ७१ दशमलव ३३ अंकमा चढेको छ । फाइनान्स समूहको सूचक पनि छ दशमलव तीन अंकले उकालो लागेर सात सय ८८ दशमलव ४५ अंकमा चढेको छ भने टे«डिङ, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः आठ दशमलव १५, चार दशमलव ७७ र दुई दशमलव आठ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा परेको नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय १० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर एक सय २१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक माउन्टेन हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेरुडे लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि तीन दशमलव ३३ प्रतिशतले घटेर एक हजार १५ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको एनआईबी समृद्धि फण्ड १ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव तीन प्रतिशतले घटेर नौ रुपैयाँ ६१ पैसामा किनबेच भएको छ । यीबाहेक कामना सेवा विकास बैंक, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन सानिमामाई हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता तीन सय १९ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ४३ लाख २६ हजार एक सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको नेसनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता एक सय १० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ५९ लाख ३० हजार पाँच सय ३२ रुपैयाँको सेयर किनबेच कारोबार भएको छ । यीबाहेक अरुण कावेली पावर लिमिटेड, अपी पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया