Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबडा दशैँको अवसरमा सानिमा बैंकको ‘दशैँ धमाका योजना’

बडा दशैँको अवसरमा सानिमा बैंकको ‘दशैँ धमाका योजना’


काठमाडौं ।
सानिमा बैंकले वडा दशैँको अवसरमा दशैँ धमाका योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड वडा दशैँको अवसरमा बैंकले ग्राहकहरूको लागि ‘दशैँ धमाका’ योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुुई हजार पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई फर्स्ट कम फर्स्ट सर्भको आधारमा छुट प्रदान गरिनेछ । यो योजना यही १९ आश्विनदेखि कात्तिक २ गतेसम्म, दुई साताका लागि लागू हुनेछ ।

बैंकको हाल सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ७० करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २५ करोड ८० लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब छ अर्ब ८३ करोड ५७ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ५६ करोड ६१ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २१ ५४ लाख ६२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा एक अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको स्प्रेड दर भने तीन दशमलव ४७ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड ८८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २० करोड ८६ लाख ९७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको निष्क्रिय कर्जा शून्य दशमलव शून्य आठ प्रतिशत रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया