कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण क्याम्प सञ्चालन
काठमाडौं ।
कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर क्याम्प सञ्चालन गरेको छ । बैंकले हाल द्रुत गतिमा बढ्दै गएको कोभिड–१९को संक्रमणसँग जुध्नका लागि काठमाडौँं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पीसीआर परीक्षण क्याम्प आयोजना गरेको हो ।
बैंकका अनुसार सो क्याम्प यही असोज १९ गते काठमाडौँको टङ्लालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको कोरोना संक्रमण भए÷नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।
भाइरसको संक्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहत तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदममा बैंकले काठमाडौँं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो । बैंकका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी भन्छन् ‘आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागि पर्नेछौ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया