गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं ।
प्रभु बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार बुधबार कलेजका प्राध्यापक प्रो.डा. रबिन्द्र श्रेष्ठले एक समारोहका बीच एक्स्टेन्सन काउन्टरको समुद्घाटन गरेका हुुन् ।
कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पूर्ण सेवाग्राहीहरूलाई बैंकिङ सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरूले बुझाउनु पर्ने जुनसुकै रकम बिनाझन्झट सरल एवं सहजरुपमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा जम्मा गर्न पाउनेछन् ।
यस एक्स्टेन्सन काउन्टर सञ्चालनपश्चात मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरूलाई निरन्तरता दिएको बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरूको सेवामा समेत उल्लेख्य योगदान पु-याउने प्रण गर्दछ ।
बैंकले हाल सबै क्षेत्रमा गरी दुुई सय आठवटा शाखा, एक सय ९२ वटा एटीएम काउन्टर ५३ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया