Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङबीच सम्झौता


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच सम्झौता भएको छ । बैंकले एनबीआईसँग बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा बुुधबार हस्ताक्षर गरेको हो । सम्झौतमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् गत वर्षजस्तै चालू आव २०७७-०७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धिको लागि नेसनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमितरूपमा बैंकिङ तालिम प्रदान गर्नेछ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नको लागि नियमितरुपमा कर्मचारीहरूलाई तालिम दिइरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि हुने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि गर्ने बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने सिकाइ तथा विकास विभागका विभागीय प्रमुख दीपकराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेल, नेसनल बैंकिङ इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा दुुई सय ४१ वटा शाखा कार्यालय, दुुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया