Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक र अशोक लेलैण्डबीच सम्झौता

माछापुच्छ्रे बैंक र अशोक लेलैण्डबीच सम्झौता


काठमाडौं ।
अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सोहीअनुरुप ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका डोष्ट मोडेलका सम्पूर्ण सवारीसाधन खरिद गर्नका लागि विना धितो कम्तीमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम सात वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको बैैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका अन्य सवारीसाधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ । अब आईएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया