सनराइज बैंकद्वारा मिसकलमार्फत विद्युुत्को महसुुल भुक्तानी सेवा
काठमाडौं ।
सनराइज बैंकले मिसकलमार्फत विद्युुत्को महसुुल भुक्तानी सेवा सुरु गरेको छ । बैंकले नेपालमै पहिलो पटक मिसकल सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको हो । सेवाको सुरुसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरूले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिसकल गरेर आफ्नो घरको मासिक विद्युत् महसुल तिर्न सक्नेछन् ।
बैंकका अनुसार यो सेवा प्रयोग गर्नको लागि एक पटक आफ्नो विद्युत् महसुलसम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरूको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैंकले जानकारी दिएको छ । हालसम्म सनराइज बैंकका ग्राहकहरूले सनराइज स्मार्ट एपबाट बत्ती, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेटबिना नै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् । विद्यमान महामारीको समयमा घरैमा बसीबसी यसरी विभिन्न सेवाका शुल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहकवर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया