एनआईसी एसिया बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशत रकम फिर्ता पाइने
काठमाडौं ।
एनआईसी एसिया बैंकको कार्डबाट भुक्तानी गर्ने ग्राहकहरूले २५ प्रतिशतसम्मको रकम फिर्ता पाउने भएका छन् । बैंकले सार्वजनिक गरेको आकर्षक नगद फिर्ताको योजनाअन्तर्गत ग्राहकले उक्त छुट पाउने भएका हुन् । बैंकका अनुसार ग्राहकहरूले आकर्षक योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस, ठूलो पसल, इन्फिस्टोर, ओकेदम र कलमार्टजस्ता ई–कमर्शबाट बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । बैंकले सस्तो डिल र ग्यापु मार्केट प्लेसमा २० प्रतिशत वा दुुई हजार रुपैयाँसम्म, कलमार्टमा २५ प्रतिशत वा एक हजार पाँच सय रुपैयाँसम्म तथा ठूलो पसल, इन्फिस्टोर र ओकेदम मा १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ ।
बैंकमा आबद्ध ग्राहकले असोज २७ गतेदेखि कात्तिक एक गतेसम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । बैंकले उक्त ईकमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकले सो अवसरको फाइदा लिने विश्वास बैैकले गरेको छ । साथै, यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन पनि बैंकले आग्रह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया