Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

सानिमा बैंकको विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा


काठमाडौं ।
सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको बोदेबर्साइन विस्तारित काउन्टर बुुधबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको हो । बैंकका अनुसार प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको समुद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंहले गरेका हुुन् ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाई विस्तारित काउन्टर सञ्चालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे । बैंकले हाल सात वटा प्रदेशमा ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया