सिटिजन्स बैंकका ग्राहकले आफ्नो मोबाइलबाटै मोबाइल बैंकिङ पिन रिसेट गर्न सक्ने
काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब बैंकमा नगइकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ । यो सेवाबको सुरुवातबाट बैंकका ग्राहकले अब मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने भएका छन् । हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरूलाई सहजरूपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्न र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ सुविधा प्राप्त गर्न सहजहोस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरूलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको जनाएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैैकिङ सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास पनि बैंकले लिएको छ ।
बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ११ वटा शाखा, ९९ वटा ए.टि.एम. र एक सय चार वटा शाखा रहित बैंकिङ एकाइहरूबाट करिव साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ । विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरस (कोभिड १९) को महामारीबाट आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ ।
नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु-याउने उद्देश्यले बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । कर्जालाई सरल र सहज तरिकाले ग्राहकसामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा नौ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) नौ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना सञ्चालनमा ल्याएको जानकारी पनि बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया