Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड फाइनान्सले जारी पुँजी वृद्धि गर्ने

युनाइटेड फाइनान्सले जारी पुँजी वृद्धि गर्ने


काठमाडौं, पुस १३
युनाइटेड फाइनान्सले जारी पुँजी वृद्धि गर्ने भएको छ । फाइनान्सले हाल कायम रहेको जारी पुँजी एक अर्ब एक करोड पाँच लाख १९ हजार एक सय रुपैयाँलाई वृद्धि गरी एक अर्ब चार करोड आठ लाख ३४ हजार छ सय ७३ रुपैयाँ पुर्याउने तयारी गरेको हो । पुँजी वृद्धि सम्वन्धी प्रस्ताव फाइनान्सको यही पुस २९ गते हुने २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । फाइनान्सले उक्त सभा मार्फत हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब एक करोड पाँच लाख १९ हजार एक सय रुपैयाँबाट सात दशमलव ५२ प्रतिशतको अनुपातमा सात करोड ६० लाख ५४ हजार आठ सय ५६ रुपैयाँ बराबरको नगद लाभांश र चुक्ता पुँजीको तीन प्रतिशत अर्थात तीन करोड तीन लाख १५ हजार पाँच सय ७२ रुपैैयाँ बराबरको बोनस सेयर बितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x