Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने

सिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने


काठमाडौं, पुस १३
विगत १७ वर्ष देखि उच्चस्तरीय सेवा प्रदान गर्दै आएको सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ । यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार ग्राहकहरुले माग गरेको विदेशी मुद्रा,नगद अथवा कार्ड, बंैकका तोकिएका शाखाहरु मध्ये आफुलाई सहज हुने शाखाबाट सजिलै संकलन गर्न सक्नेछन् । बंैकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल देशभर एक सय ७६ वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय एक वटा शाखा रहित बैंकिङ्ग सेवा, एक सय ९७ एटिएम र १६ सय भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x