एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच सम्झौता
काठमाडौं ।
एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच सम्झौता भएको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयमा यही असोज ३० गते सम्पन्न भएको कार्यक्रममा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरूलाई कृषिऋण प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौताअन्तर्गत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार पाँचखाल नगरपालिकाका कृषकहरूलाई सहुलियतपूर्ण ब्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिकाबीच हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो बृहत् सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । हाल बैंकको सातवटै प्रदेशमा गरी ९८ शाखा कार्यालय, ३० राज्वस्व संकलन काउन्टर तथा एक सय २९ स्थानमा एटीएम काउन्टर रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया