ग्लोबल आईएमई बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूले सो होटल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा बैंकले उक्त होटलसँग सम्झौता गरेको हो ।
सम्झौतामा बैंककोतर्फबाट बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्टको तर्फबाट उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् ल्याण्डमार्क होटल रिसोर्टको काठमाडौँ, पोखरा तथा चितवनमा रहेका होटलहरूबाट उपलब्ध सेवा तथा सुविधाहरूमा ग्लोबल आईएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ तथा क्यूआर कोड प्रणालीमार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरूले छुट पाउनेछन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुुई सय ५९ शाखा सञ्जालसहित दुुई सय ३४ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय २७ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया