राष्ट्रिय वाणिज्य बैंकको दुुई सय ४२ औं शाखा शेराबजारमा
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । बैकका अनुसार जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बैंकको दुुई सय ४२औं शाखा कार्यालयको सोमबार समुदघाट्न गरेका हुुन् ।
उक्त अवसरमा जैमिनी नगरपालिकाका नगरप्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरबासीलाईलाई बैंकिङ सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताए । बैंक शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनी नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरू, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेशको ७७ जिल्लामा दुुई सय ४२ वटा शाखा कार्यालय, दुुई सय पाँचवटा एटीएम काउन्टर र ९३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया