सेयर बजारमा दशैँ प्रभाव
काठमाडौं ।
दशैँ नजिकिँदै गर्दा सेयर बजारमा भने हरियाली छाएको छ । केही साता अघिसम्म निरन्तर ओरालो लागेको सेयर बजार दशैँ सुरु हुुन केही दिन मात्र बाँकी रहँदा निरन्तर उकालो लागेको छ । अघिल्लो दिन पनि उच्च अंकले बढेको सेयर बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार पनि १३ दशमलव ९४ अंकले उकालो लागेर १५ सय ९७ दशमलव ७१ अंकमा चढेको छ ।
क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले उकालो लागेर तीन सय १६ दशमलव ६५ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९२ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार २२ हजार चार सय ८२ पटकको कारोबारमा ५५ लाख नौ हजार चार सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार एक सय ४८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसनुुसार आठवटा समूहको सूचक उकालो लागेका छन् भने चारवटा समूहको सूचक ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक २१ दशमलव ५५ अंकले उकालो लागेर १२ सय ७९ दशमलव ९५ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १० दशमलव चार अंकले उकालो लागेर दुुई हजार ९० दशमलव तीन अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ६४ दशमलव २८ अंकले उकालो लागेर सात हजार नौ सय ५५ दशमलव ३२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ५७ दशमलव ९४ अंकले उकालो लागेर नौ हजार छ सय नौ दशमलव ८६ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २३ दशमलव चार, तीन दशमलव पाँच, तीन दशमलव ४१ र शून्य दशमलव एक अंकले उकालो लागेका छन् ।
होटल समूहको सूचक भने १५ दशमलव तीन अंकले ओरालो लागेर १७ सय ४८ दशमलव ४२ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि १४ दशमलव नौ अंकले ओरालो लागेर १३ सय ८५ दशमलव ७५ अंकमा झरेको छ । यि बाहेक फाइनान्स र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः शून्य दशमलव छ र छ दशमलव ३३ अंकले ओरालो लागेका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेर पाँच सय ३६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य चार दशमलव ९४ प्रतिशतले बढेर दुुई सय ५६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सांग्रिला डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य पाँच दशमलव पाँच प्रतिशतले घटेर तीन सय एक रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि चार दशमलव ७२ प्रतिशतले घटेर एक सय २१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कालिका पावर लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन एनआईसी एसिया बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता छ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा २४ करोड २९ लाख ५७ हजार आठ सय सात रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कुमारी बैंकको पनि प्रतिकित्ता दुुई सय ३६ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ३९ लाख ३० हजार तीन सय ४७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल बैंक, एभरेष्ट बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया