एनआईबीएल एस क्यापिटलको आठौं वार्षिक साधारणसभा
काठमाडौँ ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले बुुधबार क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २२ दशमलव २२ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।
एक मात्र सेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधि बरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेको उक्त साधारणसभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए । उक्त सभामा सञ्चालक सदस्यहरू दिपककुमार श्रेष्ठ, बन्दना थापा र रविन्द्र भट्टराईको समेत उपस्थिति रहेको थियो । त्यसैगरी नियमन निकायका प्रतिनिधिहरू, लेखापरीक्षक तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत अन्य पदाधिकारीहरूको समेत समुपस्थितिमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया