जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा प्रभुु बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं ।
प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकास्थित वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । रूपन्देही जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टरबाट बुुधबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारीरूपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलय रूपन्देहीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभुको एक्स्टेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभुुको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय १० वटा शाखा कार्यालय, एक सय ९४ वटा एटीएम, ५५ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया