ग्लोबल आईएमई बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पछिल्लोपटक बसेकोे बैंक सञ्चालक समितिको तीन सय ६४औँ बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृतिपश्चात् आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत बोनश सेयर र दुुई प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ मा तीन अर्ब आठ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको दुुई खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप र दुई खर्ब छ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी रहेको छ । बैंकको हाल ७१ जिल्लामा दुुई सय ६१ वटा शाखा, ४५ वटा राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, दुई सय ३७ एटीएम, तथा दुई सय २९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापानलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउन्टर
ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले नयाँ शाखाहरूको भर्चुअल्ली उद्घाटन गरेका हुुन् । यसका साथै बैंकले भक्तपुरको गाम्चा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालन आएसँगै बैंकको शाखाहरूको संख्या दुई सय ६१ र एक्सटेन्सन काउन्टरको संख्या ४५ पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया