Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकोभिड–१९ का कारण राष्ट्रिय सहकारी बैंकको साधारणसभा भर्चुअल हुने

कोभिड–१९ का कारण राष्ट्रिय सहकारी बैंकको साधारणसभा भर्चुअल हुने


काठमाडौं  ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ । बैंकको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द्रीय उपसमितिको शुक्रवार सम्पन्न संयुक्त बैठकले वार्षिक साधारणसभा पहिलो पटक भुर्चअल माध्यमबाट प्रदेशगतरुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका– २०७६ अनुसार साधारणसभाको मिति र कार्यसूची तय गर्ने निर्णयमा उपसमिति समेत आमन्त्रण गर्नुपर्ने प्रावधान अनुसार बैंकको केन्द्रीय उपसमितिका सदस्यहरुलाई आमन्त्रण गरिएको उप्रेतीले बताए । कोरोना (कोभिड–१९) संकटका कारण भौतिक उपस्थितिमा साधारणसभा गर्न संभव नभएको र नियामक निकायले समेत यो वर्षको साधारणसभा विद्युतीय माध्यममार्फत गर्न सकिने निर्देशन जारी गरेकोले प्रविधिको प्रयोग गरी सम्पन्न गर्ने निर्णय गरिएको अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिए । बैठकले आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म एकाइ साधारणसभा र पुस ३ गते मुख्य साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैंकको १७औँ वार्षिक साधारणसभाअन्तर्गत प्रदेश नं. १ को एकाइसभा मंसिर २३ गते, प्रदेश नं. २ को मंसिर २४ गते, वाग्मती प्रदेशको मंसिर २५ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते, सुदूरपश्चिम प्रदेशको २८ गते र गण्डकी प्रदेशको एकाइ सभा मंसिर २९ गते सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

एकाइ सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको छ । सहकारी ऐन, नियमावली र सहकारी विभागले जारी गरेरको साधारणसभा सञ्चालनसम्बन्धी निर्देशिका एवं बैंकको स्वीकृत विनियमावलीका आधारमा एकाइ साधारणसभा गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिएका छन् । साधारणसभामा १२ हजार दुई सय ८३ सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।

सदस्यहरुले प्रस्ताव पेश गर्नसक्ने, नियमकीय निर्देशन जानकारी गराउनुपर्ने, संस्थागत प्रतिनिधिको जानकारी सदस्यलाई दिनुपर्ने र विविध शीर्षक राख्न नहुनेजस्ता कार्यविधिका मापदण्ड पालना गर्दै यो वर्षको साधारणसभा गर्न लागिएको गुरागाईंले जानकारी दिए । कोभिडको कारण केही समस्या भए पनि साधारणसभाको प्रतिवेदन बैंकको वेबसाइटमा हेर्न र डाउनलोड गर्न सकिने साथै तिहारअगाडि नै सदस्यमाझ वितरण गर्ने प्रबन्ध मिलाउन व्यवस्थापनले काम गरिरहेको समेत प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया