नेपाल फाइनान्सको मंसिर ४ गतेबाट १६ करोड ९७ लाख रुपैयाँको हकप्रद
काठमाडौं ।
नेपाल फाइनान्सले आगामी मंसिर ४ गतेबाट १६ करोड ९७ लाख ५० हजार छ सय २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १६ लाख ९७ हजार पाँच सय छ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको फाइनान्सको हकप्रद सेयरको बिक्री कार्य मंसिर २४ गते बन्द हुनेछ । अधिकृत पुँजी एक अर्ब तथा जारी पुँजी ३० करोड ५० लाख ५१ हजार एक सय २५ रुपैयाँ रहेको फाइनान्सको हाल चुक्ता पुँजी १३ करोड ५८ लाख पाँच सय रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी ३० करोड ५० लाख ५१ हजार एक सय २५ रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया