मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हस्पिटलदेखि रेष्टुरेन्टसम्म छुट
काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले सात वटा व्यावसायिक संस्थाहरुबाट सेवा लिदा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसअन्तर्गत ब्लु क्रस अस्पतालको स्वास्थ सेवामा १० प्रतिशत, धुलिखेल माउन्टेन रिसोर्टमा १० प्रतिशत, स्तुपा रिसोर्ट नगरकोटमा १५ प्रतिशत, जम्बाला रिसोर्ट खोटाङमा १५ प्रतिशत, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवनमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौंअन्तर्गतको रेष्टुरेन्टमा १५ प्रतिशत र देव कर्नर ज्वेलरी काठमाडौमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा यी सम्झौताहरुले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया