Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंकको प्रभातफेरी

नेपाल बंगलादेश बैंकको प्रभातफेरी


काठमाडौँं, पुस १४
नेपाल बंगलादेश बैंकले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही पुस १२ गते शनिबार कमलादी, काठमाडौँस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा बैंकका काठमाडौँ उपत्यकाभित्र रहेका २१ वटा शाखाहरू र प्रधान कार्यालयबाट कुल तीन सय ५० कर्मचारीहरू सहभागी भएका थिए ।

बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट सुरू भई सहिद गेट, न्यूरोड गेट, जुद्ध शालिक भई इन्द्रचोक, असन, जमल, दरबारमार्ग हुँदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो । सो कार्यक्रममा कर्मचारीहरूले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरू लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदालगायत बैंकिंग कारोबारका फाइदाहरूको बारेमा जानकारी थिए । साथै उनले यस्ता कार्यक्रमले साधारण जनमानसमा वित्तीय साक्षरताबारे आवश्यक जानकारी प्रवाह हुने र बैंकिङ कारोबारमा चुस्तता आउने धारणा व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x