सिद्धार्थ बैंकको महिला उद्यमशील कर्जा
काठमाडौँं, पुस १४
सिद्धार्थ बैंकले महिला उद्यमशील कर्जा सुरु गरेको छ । बैंकले महिला उद्यमीहरूलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि १५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहजरूपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएकोे हो । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रदान गराइने सहुलियतपूर्ण कर्जाअनुसार बैंकले आफ्नो आधार दरमा दुुई प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र छ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।
महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु-याउने बैंकको विश्वास रहेको छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरूमा ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा अर्थात् अधिकतम १५ लाखसम्म कर्जा पाइने, वार्षिक छ दशमलव दुुई प्रतिशतको आर्कषक व्याजदर, प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा र पाँच कार्यदिनभित्रै कर्जा स्वीकृत हुुने रहेका छन् ।
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीचको साझेदारी प्रोजेक्टद्वारा देशका साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाइन तथा सञ्चालन गरिएको हो । बैंकले हाल देशभर एक सय ७६ वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एक वटा शाखारहित बैंकिङ सेवा, एक सय ९७ वटा एटीएम र १६ सयभन्दा बढी पसमेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन् समाजसेवी श्रेष्ठले
- पूर्वी नाकाबाट रु पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात
- बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया