Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तको सञ्चालकमा तीन जना नियुक्त

सिभिल लघुवित्तको सञ्चालकमा तीन जना नियुक्त


काठमाडौं ।
सिभिल लघुुवित्त वित्तीय संस्थाले रिक्त रहेको सञ्चालक समितिको पदमा तीन जनालाई मनोनयन गरी नियुक्त गरेको छ । मंगलबार बिहान बसेको सञ्चालक समितिको एक सय ५९औं बैठकले गरेको निर्णयअनुसार संस्थापक सेयरधनी सिभिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधिको रूपमा मनोनय भई आएका सचिनजंग रायमाझी, सचिन नेवा र आँचल ढकालाई सञ्चालकमा नियुक्त गरेको हो । नवनियुुक्त सञ्चालकहरूको कार्यकाल सोही दिनदेखि नै सुरु भएको संस्थाले जानकारी दिएको छ । संस्थाको सोही बैठकले संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा सचिनजजंग रायमाझीलाई चयन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया