सनराइज बैंकका तीनवटा नयाँ शाखा
काठमाडौं ।
सनराइज बैंकले एकैदिन थप तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यही कात्तिक १७ गते सोमबारबाट वाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा गरी तीनवटा शाखा सञ्चालनमा ल्याइएको हो ।
नयाँ शाखा विस्तारसँगै बैंकको कुुल शाखा संख्या एक सय ३९, ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र एक सय ६१ वटा एटीएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ३९ करोड २८ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७० करोड ६१ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ९० अर्ब २३ करोड ३२ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब चार करोड तीन लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ८७ करोड ८० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा ५२ करोड ९१ लाख २१ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ७४ अर्ब ४३ करोड २१ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया