सेवाग्राहीमुखी बन्दै तिनाउ मिसन बैंक
काठमाडौँं, पुस १४
तिनाउ डेभलपमेण्ट बैंक लिमिटेड, बुटवल रुपन्देही र मिसन डेभलपमेण्ट बैंक बुटवल, रुपन्देही एक–आपसमा मर्ज भई बनेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटडले बुटवलमै प्रधान कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेसँगै बैंकका सम्पूर्ण संरचनाहरूको वृद्धि भएका छन् । वित्तीय संरचना, शाखा सञ्जाल, कर्मचारी संख्यालगायतका हरेक क्षेत्रहरूको परिस्कृत विकाससँगै बैंक सेवाग्राहीमुखी बन्दै गएको छ । विगतमा तीनवटै वित्तीय संस्थाहरूले आफ्नो आफ्नो ठाउँबाट सेवा प्रवाह गरेपनि एक ढिक्का भएपछि संस्था मजबुत त भएको छ त्यसमा पनि थप नयाँ नयाँ सेवा सुविधाहरूले सेवाग्राहीलाई बैंक प्रति आकर्षित गरेको छ ।
मर्जलगत्तै स्वास्थ्य बीमाको अवधारणा अगाडि सारेको बैंकले वित्तीय पहुँचको विकासको साथै बैंकिङ च्यानलमार्फत अधिकतम कारोबार गराउने उद्देश्यले एक रुपैयाँमा खाता खोल्न सकिने व्यवस्थाको पनि सुरुवात गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरले आर्थिक सुशासनको लागि बैंकिङ प्रणाली सबैभन्दा उत्तम माध्यम हो । पैसा पैसाको हिसाबकिताब हुने र बैंक खातामा रहेको एक पैसाको पनि ब्याज आउने हुँदा सर्वसाधारणसँग रहेको पैसा चलायमान गराउनको लागि प्रेरणा दिने उद्देश्यले एक रुपैयाँको खाता योजना अगाडि सारेको बताए । राष्ट्रियस्तरको विकास बैंकको लागि संघारमा पुगेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको एक अर्ब ६७ करोड चुक्तापुँजी, १४ अर्ब १५ करोड निक्षेप संकलन, १२ अर्ब ५५ करोड कर्जा लगानी गरेको छ भने ६१ वटा शाखा कार्यालयहरूबाट एक लाख ६५ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया