Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वदेशी लघुवित्तको नाफा तीन करोड ३३ लाख

स्वदेशी लघुवित्तको नाफा तीन करोड ३३ लाख


काठमाडौं ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले एक करोड ९१ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी २७ करोड ६० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ७८ करोड ७३ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १३ करोड १३ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ३१ लाख ६९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ९९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १० करोड ८२ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७० करोड ७७ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ६० लाख ८७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया