Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफको लिमिटेड इण्डोमेन्ट बीमा योजना

रिलायन्स लाइफको लिमिटेड इण्डोमेन्ट बीमा योजना


काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेड इण्डोमेन्ट नामक बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार बीमा योजनाअन्तर्गत बीमितले सीमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् । योजनाको अर्को विशेषता भनेको कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दाबीको समयावधि हेरी बीमांक रकमको अधिकतम दुुई सय २५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्तिपश्चात् बीमांक रकम र आर्जित बोनस भुक्तानी गरिने जानकारी पनि कम्पनीले दिएको छ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बीमांक रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमांक रकम कम्पनीको नियमबमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ । यो योजनासँगै बीमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरू पनि लिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया