घोडाघोडी लघुवित्तको सेयर कारोबार रोक्का
काठमाडौं ।
घोडाघोडी लघुुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार उक्त संस्थाको यही कात्तिक २१ गते प्राप्त भएको पत्रअनुसार घोडाघोडी लघुुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली २०७३ अनुसार यही कात्तिक २३ गते अर्थात् आइतबारदेखि घोडाघोडी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिएको हो ।
नेप्सेका अनुसार कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको घोडाघोडीको कारोबार रोकिनुअघि प्रतिकित्ता आठ सय ३० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण २२ करोड ९२ लाख ८७ हजार पाँच सय रुपैयाँ पुुगेको संस्थाको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड ७६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ७६ हजार दुई सय ५० कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया