Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारब्रोकर एसोसियसनका प्रतिनिधिद्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग भेटवार्ता

ब्रोकर एसोसियसनका प्रतिनिधिद्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग भेटवार्ता


काठमाडौँ ।
स्टक ब्रोकर एसोसियसन अफ नेपालका नवनियुक्त पदाधिकारीहरूको प्रतिनिधि मण्डलले बोर्ड अध्यक्ष भिष्मराज ढुंगानासँग भेटवार्ता गरेका छन् । भेटवार्ताको नेतृत्व एसोसिएसनका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले गरेका थिए । बोर्ड अध्यक्ष ढुंगानाले एसोसियसनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल

कार्यकालको शुभकामना व्यक्त गरे । उक्त भेटमा नवनियुक्त अध्यक्ष मैनालीले कोभिड १९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै यसबीचमा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख वृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरणमार्फत लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको तथा धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुँदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको

दोस्रो बजार कारोबारलाई व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरे । भेटका क्रममा एसोसिएसनका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटालगायत अन्य पदाधिकारीहरूले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउँदै लैजान आवश्यक रहेकोले त्यसमा एसोसियसनले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायको रूपमा बोर्डले दिने निर्देशनको अक्षरंश पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेच्छा गरेको बताए ।

भेटका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजारको प्रतिष्ठा बढाउनुपर्ने र सोका लागि एसोसियसनले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउँदै टीएमएसलाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रसनको कार्य चाँडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरूले आफ्नो चाहनाअनुरूपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिनेगरी अन्तर्राष्ट्रियस्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्ने बताए ।

त्यस्तै, मार्जिन कारोबारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रूपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐनअनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिसनसम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रूप दिनेलगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताए । उक्त भेटमा एसोसियसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया