महालक्ष्मी विकास बैंक र एसआरएलबीच सम्झौता
काठमाडौँ ।
महालक्ष्मी विकास बैंक लिमिटेड र एसआरएल डायगनोस्टिक (नेपाल) बीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डायगनोस्टिकसँग आइतबार सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगञ्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू तथा कर्मचारीहरूले एसआरएल डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परीक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू साथै कर्मचारीहरूले प्रयोगशालाका सम्पूर्ण परीक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशभरि एक सय तीनवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरूमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू गर्दै जाने सहमति गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया