Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्वसशस्त्र प्रहरी संघबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्वसशस्त्र प्रहरी संघबीच सम्झौता


काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्वसशस्त्र प्रहरी संघबीच संघका सदस्यहरूलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका हुुन् ।

सम्झौता भएपछि नेपाल पूर्वसशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरूलाई बैंकमा सिफारिस गर्नेछ । बैंकले सिफारिस भएर आएका सदस्यहरूलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम दश लाख रुपैयाँसम्म आधारदरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाशपछि पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिई आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पु-याउने बताए । त्यसैगरी संघका अध्यक्ष किशोरकुमार लामाले अवकाशप्राप्त सुरक्षाकर्मी साथीहरूले नोकरीपछि वैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए । समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी तथा संघकाका वरिष्ठ उपाध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठले मन्तव्य व्यक्त गरे ।

उक्त समारोहमा बैंकका उप कार्यकारी अधिकृतहरू सरस्वति अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू विनयरमण पौडेल, पद्मा जिसी, उपप्रमुख दामोदर ज्ञवाली, प्रबन्धक बालकुमार थापा र संघका तर्फबाट सचिव कविराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कम्पनी सचिव भोलानाथ पौडेलले सञ्चालन गरेका थिए । बैंकको हाल ७७ जिल्लामा दुुई सय ४२ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया