Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफद्वारा ‘करियर विकास’ तालिम सम्पन्न

सिटिजन लाइफद्वारा ‘करियर विकास’ तालिम सम्पन्न


काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरूको लागि जूममार्फत करियर विकास र एमडीआरटी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरूमाझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । उक्त कार्यक्रममा चार सयभन्दा बढी सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो ।

कार्यक्रमको सुरुवातमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले यस तालिमको आवश्यकता, एजेन्सी करियर तथा सोका फाइदा आदिका बारेमा प्रकाश पारेका थिए । यसका साथै उहाँले यस तालिमबाट पूरा लाभ लिन सिटिजन लिडरहरूलाइ प्रेरित गरेका थिए ।

कार्यक्रमका मुख्य तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले अभिकर्ताहरूहरूले सामना गरिरहेका चुनौतीहरू, तीनका समाधान, नयाँ अन्तरदृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै एमडीआरटी लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरूका बारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यावसायिकरूपमा लाभमय क्रियाकलापको कारण लिडरहरूको अत्यन्तै राम्रो संलग्नता रहेको थियो ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले यो पेसालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउँदै एमडीआरटीजस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पु-याउने बताए ।

ठूलो सपना देख्नु आवश्यक छ र सपना प्राप्त गर्न कौशलता अत्यन्तै जरुरी छ जुन यस्ता तालिमबाट प्राप्त हुन्छ भन्ने उनको भनाइ थियो । उनले आगामी दिनहरूमा पनि थप ऊर्जाका साथ काम गरी व्यावसायिक लक्ष्य हासिल गर्नका लागि सिटिजन लिडरहरूलाई प्रेरित गरे र कम्पनीले नियमितरूपमा यसप्रकारको तालिम गर्दै जाने जानकारी दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया