Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारई–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा कुबेतबाट पनि सुरू

ई–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा कुबेतबाट पनि सुरू


काठमाडौं ।
ई–सेवा मनि ट्रान्सफर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी यूएई एक्स्चेञ्जबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीहरूले यूएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई–सेवा वालेटमा पैसा पठाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

नगदमा पठाइएको रकम नेपालभर रहेका आठ हजारभन्दा धेरै ई–सेवा मनि ट्रान्सफरका एजेन्ट तथा ई–सेवावालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ । साथै ई–सेवा वालेटमा पैसा पठाउँदा सात सय ५० फिल्स मात्र सेवा शुल्क लाग्नेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । यूएई एक्स्चेञ्जले छिट्टै नै ई–सेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्नेछ ।

रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा ई–सेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र यूएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्णकुमार यछारथले हस्ताक्षर गरेका छन् । ई–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै ई–सेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । ई–सेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रूपमा स्थापना गर्नु आफूहरूकोे उद्देश्य रहेको ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया