सहुलियतपूर्ण कर्जाका लागि खजुरा गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता
बाँके ।
राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौतामा हस्ताक्षर भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति र रावा बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । विभिन्न सात शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्रभित्रका करिब एक सय युवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिनेछ । खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा विना धितो सहुलियत कर्जा प्रदान गर्ने नीति अवलम्बन गरेको थियो ।
कृषि तथा पशुपालन, सीपमूलक र उत्पादनलगायतका क्षेत्रमा लगानीका लागि सिफारिस गरिने पालिकाले जनाएको छ । सहुलियत कर्जा महिला उद्यमीका लागि १ दशमलव ६ र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत रहेको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै पालिका प्रमुख कक्षपतिले स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि बुधबारदेखि नै कार्यान्वयनमा जाने बताए ।
राष्ट्रिय वाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले निर्वाहमुखी नभई व्यवसायीकरणमा जानका निम्ति सहुलियतपूर्ण कर्जा दिने गरेको बताए । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले सीपको पहिचान गर्दै उत्पादनमा जोड्न सहुलियतपूर्ण कर्जा रहेको बताइन् । रावा बैंक कृषि ऋण अधिकृत रोशन सुवेदीले सात शीर्षकमा प्रदान गर्ने सहुलियतपूर्ण कर्जाबारे जानकारी दिँदै ब्याज जोगाउनु नै व्यवसायीको लागि ठूलो उपलब्धि हुने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया