Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा टिच फर नेपाललाई आठ लाख रुपैयाँ सहयोग

ग्लोबल आईएमई बैंकद्वारा टिच फर नेपाललाई आठ लाख रुपैयाँ सहयोग


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले टिच फर नेपाललाई रकम सहयोग गरेको छ । बंैकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई आठ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो । बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराए । टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आईएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे । बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया