Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल सहभागिता फण्डको एक वर्ष पूरा

एनआईबीएल सहभागिता फण्डको एक वर्ष पूरा


काठमाडौं ।
एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजना) सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजना) सञ्चालनमा आएको एक वर्ष पूरा भएको फण्डले जानकारी दिएको छ ।

हालै अनलाइन प्रणालीबाट इकाइ खरिद गर्न मिल्ने व्यवस्था मिलाएको यस फण्डले यस वर्षको धनतेरसको पावन अवसरमा इच्छुक लगानीकर्ताहरुलाई उक्त एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजना)मा लगानी गरी पुँजीबजारमा लगानीको शुभारम्भ गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । क्यापिटलले यही शुक्रबार धनतेरसको दिन बिहान ११ः०० बजे देखि दिउँसो ०१ः०० बजेसम्म इकाइहरु अनलाइनमार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । लगानीको लागि शुभ दिन मानिने धनतेरसमा एनआईबीएल सहभागिता फण्डका इकाइहरु खरिद गरी लगानीको शुभारम्भ गर्न फण्डले आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया