नबिल बैंकद्वारा तिहारको सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक
काठमाडौं ।
नेपालीहरुले दशकौँदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ । झन् अहिलेको महामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिनु पनि निकै जरुरी भएको छ र यसै कुरालाई आत्मसात् गरी सुरक्षित तवरले तिहार मनाऔँ भन्ने सन्देश दिनको लागि नबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको छ ।
नबिल बैंकले दशैँको बेला पनि सुरक्षित तवरले दशैँ मनाऔँ भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मन पराएको थियो । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल राख्न गएकोले उक्त भिडियोले लाखौँको मन छुन सफल भयो ।
जसको फलस्वरुप नबिलको दशैँको भिडियो सामाजिक सञ्जालमा (फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हरेका थिए । दशैँको भिडियोले पाएको मायाको लागि नबिल बैंक सबैलाई आभार व्यक्त गर्न गरेको छ । तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपमा नजिक भएर तिहार मनाऔँ भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिलेजस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया