Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारई–सेवा मनि र केएमई रेमिट्यान्सबीच सम्झौता

ई–सेवा मनि र केएमई रेमिट्यान्सबीच सम्झौता


काठमाडौँ ।
ई–सेवा मनि ट्रान्सफर र हङकङको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी केएमई रेमिट्यान्सबीच रेमिट्यान्स सेवा सुरु भएको छ । सम्झौतापश्चात् हङकङमा रहेका नेपालीहरूले केएमई रेमिट्यान्सबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई–सेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपालभर रहेका आठ हजारभन्दा धेरै ई–सेवा मनि ट्रान्सफरका एजेन्ट तथा ई–सेवावालेट एपमार्फत पनि प्राप्त सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएमई रेमिट्यान्सले छिटै नै ई–सेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्नेछ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक– अजेश कोइराला र केएमई रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । ई–सेवाले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रकम भित्र्याउँदै आएको छ । ई–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्नु आफूहरूको उदेश्य रहेको ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया