Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंक र संगम स्वीट्सबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र संगम स्वीट्सबीच सम्झौता


काठमाडौँ ।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकहरूलाई संगम स्वीट्सको काठमाडौँंस्थित आउटलेटहरूबाट सेवा लिँदा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले संगम स्वीट्सको काठमाडौँस्थित आउटलेटहरूबाट १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरूले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटर्वकअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ । बैंकले चालू आर्थिक वर्र्षको पहिलो त्रैमासिक अवधिमा २९ करोड ४१ लाख ५९ हजार पाँच सय ९० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा २२ करोड ८७ लाख ६४ हजार पाँच सय ३९ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ३२ करोड ४९ लाख ८९ हजार चार सय ८६ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा ६३ अर्ब ८४ करोड ७६ लाख आठ हजार दुुई सय ३८ रुपैयाँ निक्ष्ोप संकलन गरी ५१ अर्ब ९९ करोड ४६ लाख छ हजार आठ सय एक रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५९ करोड छ लाख छ हजार सात सय २२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा भने १५ करोड २१ लाख ९१ हजार सात सय ८० रुपैयाँ रहेको छ । यस अवधिमा शून्य दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ९९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ५७ अर्ब २९ करोड ५२ लाख २४ हजार एक सय १८ रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६९ करोड सात लाख ५० हजार पाँच सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५२ करोड ३६ लाख सात हजार दुुई सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ९१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया