Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १७ सय ४१ अंकमा

सेयर बजार परिसूचक १७ सय ४१ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । तिहारको पछिको पहिलो दिन अर्थात् बुुधबार सेयर बजार परिसूचक २३ दशमलव ३२ अंकले उकालो लागेर १७ सय ४१ दशमलव ८१ अंंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव आठ अंकले ओरालो लागेर तीन सय ३८ दशमलव नौ अंकमा झरेको छ । यसदिन कुल एक सय ९४ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ४३ हजार छ सय ७३ पटकको कारोबारमा एक करोड १६ लाख ७४ हजार आठ सय ७५ कित्ता सेयर खरिदबिक्री भएका छन् भने कुल कारोबार रकम चार अर्ब ७९ करोड १० लाख ४१ हजार छ सय ४९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कुुल १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये तीनवटा समूहको सूचक ओरालो लागेका छन् भने नौवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव २८ अंंकले ओरालो लागेर १३ सय १९ दशमलव ७८ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि २० दशमलव छ अंकले ओरालो लागेर दुई हजार ६९ दशमलव ९३ अंकमा झरेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक पनि १८ दशमलव ६१ अंकले ओरालो लागेर १४ सय २६ दशमलव ४४ अंकमा झरेको छ । निर्जीवन बीमा समूहको सूचक भने तीन सय ९७ दशमलव ४८ अंकले उकालो लागेर नौ हजार दुुई सय ११ दशमलव ४८ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि पाँच सय २१ दशमलव ३८ अंकले उकालो लागेर १० हजार सय ५० दशमलव ७१ अंकमा चढेको छ ।

यसैगरी फाइनान्स समूहको सूचक पनि आठ दशमलव ४३ अंकले उकालो लागेर आठ सय ७५ दशमलव ४७ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि १४ दशमलव छ अंकले उकालो लागेर २७ सय २२ दशमलव ८० अंकमा चढेको छ । यीबाहेक टे«डिङ, होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय ८१ दशमलव आठ, ३९ दशमलव छ, दुुई सय ३५ दमसलव ४५, २९ दशमलव ९७ र शून्य दशमलव १६ अंकले उकालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको सेयर मूल्य पनि १० प्रतिशतले बढेर २६ सय ६२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, बोटर्लस नेपाल तराई लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने पाँच दशमलव ८० प्रतिशतले घटेर एक सय ३० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युुनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि पाँच दशमलव ७५ प्रतिशतले घटेर एक सय ६४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक दिव्येश्वरी हाइड्रोपावर कम्पनी, सिन्धु विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता एक हजार ३७ रुपैयाँ अन्तिम मूल्यमा ३३ करोड ६२ लाख ५९ हजार नौ सय २० रुपैयाँमा सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता नौ सय ४० रुपैयाँ अन्तिम मूल्यमा ३० रकोड ८५ लाख ५१ हजार छ सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, प्रभुु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया