Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवोमी लघुुवित्तले तीन महिनामा कमायो एक करोड ६६ लाख

वोमी लघुुवित्तले तीन महिनामा कमायो एक करोड ६६ लाख


काठमाडौं ।
वोमी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ८३ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ९३ करोड छ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४५ करोड ८२ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ६३ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३७ लाख ४२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपत एक दशमलव ३७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ६७ करोड ६१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब तीन करोड ५३ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ३१ लाख दुुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४१ लाख १४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया