Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको जीवन बीमा कोषमा एक सय ५० प्रतिशतले वृद्धि

सिटिजन लाइफको जीवन बीमा कोषमा एक सय ५० प्रतिशतले वृद्धि


काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७७÷०७८ को पहिलो त्रैमासिक (आश्विन मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा एक सय ५० प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष ८० करोड ३८ लाख रहेकोमा यो आश्विन मसान्तमा सो रकम दुुई अर्ब ८२ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आवको आश्विन मसान्तसम्ममा कुल बीमा शुल्क ३३ करोड ९४ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा ६२ करोड आठ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।

यसरी हेर्दा बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा एक सय ५० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२ प्रतिशतले बढाएर ५९ करोड १० लाखको उचाई पु-याएको कम्पनीले जनाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्तहुने आयमा ४७ प्रतिशतको वृद्धी गरी १० करोड ९६ लाख रुपैयाँ पु-याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम चार अर्ब ५१ करोडमध्ये करिब ८८ दशमलव ३१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्चदरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधारस्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रूपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमाजस्ता विभिन्न कार्यक्रमहरूलगायत नवीनतम बीमा योजना र व्यावसायिक तथा दक्ष सिटिजन लिडरहरूसहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया