Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा


काठमाडौं ।
नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रूपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आज बुुधबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बुुधबार सञ्चालक समितिका अध्यक्ष अनुुज अग्रवालको सभापतित्वमा रजिष्टर्ड कार्यालयमा काठमाडौँं १०, बानेश्वरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू कृष्ण नेपाल चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र रामकृष्ण खतिवडाको उपस्थिति रहेको थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका उच्चतहका अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिमबाट जोगिन÷जोगाउन आफ्ना सेयरधनीहरू अनलाइन माध्ययमबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्षरूपमा उपस्थित हुने सेयरधनीहरूलाई समेत स्वास्थ्यसम्बन्धी मापदण्डहरू पूर्ण पालना हुने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको उक्त सभाले नियमनकारी निकायको स्वीकृतिपश्चात् निष्काशन हुनेगरी जारी पुँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्बको सेयर संख्या आठ करोड सर्वसाधारणलाई निष्काशन गर्नेसम्बन्धी प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

मुलुकभित्र तथा मुलुकबाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरूमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले आव २०७६÷७७ मा जलविद्युत्, सिमेन्ट क्लिङराइजेसन एवं सौर्य ऊर्जा समेत पाँचवटा परियोजनाहरूमा छ अर्ब कर्जा स्वीकृत गरी ५० करोड कर्जा प्रवाह गरेकोमा चालू आवमा तीनवटा परियोजनाहरूमा दुुई अर्ब ८५ करोडको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा आठ अर्ब ८५ करोडबरबरको कर्जा स्वीकृत गरेको जानकारी बैंकले वार्षिक साधारणसभामार्फत दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया