Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकमा २४सै घण्टा खाता खोल्न सकिने

एनएमबी बैंकमा २४सै घण्टा खाता खोल्न सकिने


काठमाडौँँ ।
एनएमबी बैंकमा खाता खोल्न सकिने भएको छ । बैंकले फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भइसकेपछि अब घरमै बसी भाइबरमा च्याट र एनएमबी ई–एपमार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा प्रस्तुत गरेको हो । ग्राहकहरूले २४सै घण्टा सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ । बचत खाता एनएमबीको सोसल अनबोर्डिङअन्तर्गत खोलिनेछ र मासिक क्रेडिट कारोबारको थ्रेसहोल्डको साथ कारोबारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन पाँच हजार रुपैयाँसम्म हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

ग्राहकवर्गले पहिलो पटकको कारोबारमा ई–एनएमबी एपको माध्यमबाट पाँच सय रुपैयाँसम्म क्यासव्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधाहरू प्राप्त गर्न सकिने जानकारी पनि बैंकले दिएको छ । डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरू रोज्नसक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं, बैंकले भनेको छ ।

बैंकका अनुसार आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ अनुभवहरू परिष्कृत भएको महसुस गर्न २४सै घण्टा बचत खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको हो । हालको परिप्रेक्ष्यमा यो सेवामार्फत सुरक्षाको मामलामा कुनै सम्झौताबिना ग्राहकवर्गलाई वित्तीय कारोबारहरू सम्पादन गर्न सहयोग पु-याउने एक महत्वपूर्ण योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया